विपन्न दलितलाई सुन्दर नेपाल र सिताराम कन्ट्रक्सनको सहयोग
सिन्धुपाल्चोक । सुन्दर नेपाल र सिताराम कन्ट्रक्सनले सिन्धुपाल्चोक बाह्रविसेका दलित एवम् विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीको मारमा परेका ४१ परिवारलाई सहयोग गरिएको प्रापाइटर छिरिङ तामाङले बताए ।
कन्ट्रक्सनका छिरिङ, श्याम तामाङ र मनिष श्रेष्ठले वाह्रविसे नगरपालिका– ६ का विपन्न परिवारलाई सहयोग गरेका हुन् । कोरोना कहरपछिको निषेधाज्ञाका कारण दैनिक छाक टार्नै मुस्किल भएका परिवारलाई राहत दिइएको तामाङले जानकारी दिए । उनका अनुसार प्रतिपरिवार एक बोरा चामल, एक लिटर खानेतेल, एक किलोग्राम दाल र साबुन वितरण गरिएको हो ।
बाह्रविसे नगरपालिका– ६ कावडाध्यक्ष मोहनलाल श्रेष्ठको रोहबरमा राहत सामग्री बाडिएको हो ।
very nice word you guys just keep it up😍