हवाई इन्धनको मूल्य २० प्रतिशत घट्यो, अब स्वचालित प्रणालीमा जाने – Nepal Press

हवाई इन्धनको मूल्य २० प्रतिशत घट्यो, अब स्वचालित प्रणालीमा जाने

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशत घटाएको छ । आज बसेको निगमको सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य अन्य इन्धन सरह स्वचालित बनाउने निर्णय पनि गरेको छ ।

नेपाल वायु सेवा निगमलगायत विमान कम्पनीहरूले नेपालमा भरिने अन्तर्राष्ट्रिय इन्धनको मूल्य अत्यधिक महंगो भएकाले प्रतिस्पर्धी बन्न नसकेको गुनासो गर्दै आएका थिए । यस सम्वन्धमा प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्रीसँग पनि निगमले छलफल गर्दै आएको थियो ।

अब अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती भएको हो ।

आफूहरुको माग बमोजिम निर्णय लिएकोमा निगमले सरकारलाई धन्यवाद दिएको छ । साथै आजैबाट लागू हुने गरी निगमको कार्गो चार्टर रेटमा पनि परिवर्तन गरिएको छ । जसअनुसार वाइड बडीको प्रतिघन्टा दर १५ हजार ५२० बाट १३ हजार ४६० मा झरेको छ भने न्यारोबडीको ७ हजार ७१० बाट ६५८० मा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *