एनएमबीले ल्यायो विद्युतीय सवारी कर्जा योजना – Nepal Press

एनएमबीले ल्यायो विद्युतीय सवारी कर्जा योजना

काठमाडौं । एनएमबी बैंकले एनएमबी विद्युतीय सवारी साधन र साइकल कर्जा योजना ल्याएको छ । विश्व वातावरण दिवसको अवसरमा क्रेडिट कार्ड वा एनएमबी सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा आधा दरमा नै कर्जा प्रदान दिइने बैंकले जानकारी दिएको छ ।

८० प्रतिशत कर्जा फाईनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशानिक शुल्कमा ०.२५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । एनएमबी बैंक लिमिटेड र माउन्टेन बाईक विक्रेताहरू बीच जुन महिना भरी इएमआई मा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरीद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ ।

यस अन्तर्गत एनएमबीका ग्राहकले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काडमाण्डौं बाईक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काडमाण्डौंबाट माउन्टेन बाईकहरु ‘एनएमबी सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दिमा खरीद गर्न सक्नेछन् । एनएमबी बैंकका १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा उपलव्ध गराउदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *