चिनियाँ कम्युनिस्ट पार्टीले एमालेलाई दिएका स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण – Nepal Press

चिनियाँ कम्युनिस्ट पार्टीले एमालेलाई दिएका स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं । नेकपा एमाले चिनियाँ कम्युनिष्ट पार्टीबाट सदभावस्वरुप प्राप्त स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको छ । एमाले स्वास्थ्य विभागले मंगलवार आयोजना गरेको कार्यक्रममा महासचिव ईश्वर पोखरेलले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरवहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीेले गत साता एमालेलाई महामारीविरुद्ध लड्नका लागि हाइड्रोजन अक्सिजन लगायतका स्वास्थ्य सामग्री पठाएको थियो । कार्यकर्तालाई नभएर आम जनतामा पुगोस भनेर सरकारलाई हस्तान्तरण गरिएको महासचिव पोखरेलले बताए ।

सो कार्यक्रममा एमाले प्रवक्ता प्रदीप ज्ञवाली, स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारी, निवर्तमान मन्त्री भानुभक्त ढकाल लगायतका नेता थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर