धनाढ्यहरुले कर छल्ने गरेको खुलासा, ह्वाइटहाउसद्वारा छानविन सुरु – Nepal Press

धनाढ्यहरुले कर छल्ने गरेको खुलासा, ह्वाइटहाउसद्वारा छानविन सुरु

न्यूयोर्क । एक अमेरिकी न्यूज बेवसाइटले अमेरिकी धनाढ्यले सरकारलाई अति न्यून कर तिर्ने गरेको दाबीसहितको विवरण प्रकाशित गरेको छ ।

प्रोपब्लिकाका अनुसार विश्वकै सर्वाधिक धनाढ्यहरु जेफ बेजोस, इलोन मस्कर र वारेन बफेटले अति न्यून कर तिर्ने गरेको प्रमाण आफूले फेला पारेको उल्लेख गरेको छ ।

उक्त समाचारलाई बुधबार अन्तर्राष्ट्रिय संचारमाध्यमले महत्वका साथ प्रकाशन र प्रसारण गरेका छन् । उक्त वेबसाइटका अनुसार अमेजनका मालिक बेजोसले सन् २००७ र २०११ मा कुनैपनि कर तिरेका छैनन् ।

टेस्ला कम्पनीका मालिक मस्कले सन् २०१८ मा कर नतिरेको दाबी समेत गरिएको छ । ह्वाइट हाउस प्रवक्ताले चाहिँ यसबारे छानविन सुरु गरिने बताएकी छिन् ।

प्रोपब्लिका वेबसाइटले आगामी साता धनाढ्यहरुको राजस्व विवरणबारे खुलासा गर्ने बताएको छ । धनाढ्यले कर तिरेकोबारे बहस चलिरहँदा र आर्थिक असमानता चुलिएको समयमा यस्तो विवरण बाहिर आएको छ ।

उक्त वेबसाइटका अनुसार अमेरिकाका बहुसंख्यक कामदारभन्दा थोरै परिमाणमा अमेरिकाका २५ जना धनाढ्यले औषतमा १५.८ प्रतिशतमात्र कर तिर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर