राजदूत रेग्मीले भर्चुअलरुपमा बुझाए बेलायती महारानीलाई ओहोदाको प्रमाणपत्र
नेपाल प्रेस
२०७८ जेठ २७ गते ११:५३
लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्धितियालाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
उनले भर्चुअल माध्यममार्फत प्रमाणपत्र बुझाएको लन्डन नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लन्डनस्थित बघिङगम दरबारमा आयोजित विशेष समारोहमा राजदूत रेग्मीले प्रमाणपत्र बुझाएका हुन् ।
आफ्ना पति प्रिन्स फिलिपको निधनको २ सातापछि बेलायती महारानी भर्चुअल माध्यममार्फत काममा फर्किएकी हुन् ।
प्रतिक्रिया