दुई हजार जरिवाना तिरेर छुटे गणेश लामा
काठमाडौं । कास्कीमा पक्राउ परेका कांग्रेसनिकट चर्चित ‘डन’ गणेश लामा दुई हजार जरिवाना गराइएको छ । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूमाथि कारवाही गरेको हो ।
प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । जिप्रकाले तीनैजनाको बयानपछि जरिवाना तिराएर छाडिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम सामान्य जरिवाना तिराएर छाडिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरु आरोप नभएको बताए ।
राजनीतिक कारणले उनलाई पक्राउ गरिएको कांग्रेसको आरोप छ नि भन्ने प्रश्नमा उनले नेपाल प्रेससँग भने, ‘त्यस्तो केही होइन, हामीलाई राजनीतिसँग के मतलब ?’