अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई कांग्रेसको निर्देशन
नेपाल प्रेस
२०७८ जेठ २९ गते ८:२४
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशसभामा दिएकाे विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न प्रदेशसभा सदस्य नराेत्तम वैद्यलाई निर्देशन दिएकाे छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सदनमा संयमता गुमाउन नहुने भन्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिइएकाे बताए ।
त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बाँनियाले पनि विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया