मनसुन भित्रिएपछि काठमाडौंमा सुरु भयो रोपाईको रौनक (तस्विरहरु) – Nepal Press

मनसुन भित्रिएपछि काठमाडौंमा सुरु भयो रोपाईको रौनक (तस्विरहरु)

काठमाडौं । मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यकाका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ । शुक्रबारदेखि सुरु भएको मनसुनपछि उपत्यकासहित देशभर पानी परिरहेको छ ।

मौमसविद्ले समयमै मनसुन सुरु भएकाले किसानहरुलाई खेतीपातीका लागि सजिलो भएको बताएका छन् । कृषिकर्मको मौसम भएकाले जिल्ला प्रशासन कार्यालयहरुले पनि रोपाइका लागि अनुमति दिएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका रोपाइयोग्य खेतहरुमा रोपाइ सुरु भएको देख्न सकिन्छ । काठमाडौंका अगुवा किसान उद्धव अधिकारी उपत्यकाको काँठ क्षेत्रमा अझै खेतीयोग्य जमिन बाँकी रहेको र त्यहाँका काँठ, ढाप र डोलहरुमा रोपाइ सुरु भएको बताउँछन् । ‘यसपालिको धान रोपाइँ बिगत वर्ष जस्तो छैन ।

कोरोना संक्रमणको जोखिमका बीच रोपाईको काम गर्नु परेको छ । संक्रमण हुने डरले खेतमा काम गर्ने खेताला समेत पाउन मुस्किल भएको छ’ ललितपुर छम्पी क्षेत्रको खेतमा भेटिएका किसान रामचन्द्र तामाङले बताए ।

काठमाडौँ उपत्यकामा जेठ ३१ गते सम्म निषेधाज्ञा तोकिएको छ । असार १ गतेदेखि कृषिजन्य गतिविधिमा सजिलो हुने गरि निषेधाज्ञालाई खुकुलो बनाउने योजना प्रशासनहरुको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *