कोटेश्वर-जडिबुटी सडक विस्तार असार मसान्तमा नसकिने – Nepal Press

कोटेश्वर-जडिबुटी सडक विस्तार असार मसान्तमा नसकिने

काठमाडौं । यही असार मसान्तसम्म सक्ने भनिएको राखिएको कोटेश्वर-जडिबुटी सडकखण्ड विस्तारको लक्ष्य पूरा नहुने भएको छ ।

सरकारले कोटेश्वर-जडिबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर-जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो । कोरोना महामारीको असहज परिस्थितिका कारण निर्धारित समयमा काम सम्पन्न नहुने सडक डिभिजन काठमाडौंका प्रमुख ईञ्जिनियर कुवेर नेपालीले बताए ।

टुन्डी सुसन जेभी निर्माण कम्पनीसँग ७ करोडमा ठेक्का सम्झौता गरिएको सो सडकको हालसम्म ६० प्रतिशतमात्रै काम सकिएको छ । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको नेपालीले बताए ।

मौसम राम्रो भएमा यसै आर्थिक वर्ष भित्रमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदाको दाहिने तर्फको विस्तारित ३ लेन बराबर कालोपत्रे गर्ने साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देव्रेतर्फ एउटा नीजि घरको मुआब्जा सम्बन्धी कानूनी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर