काठमाडौंमा खानेपानी वितरणको तालिका फेरियो (तालिकासहित) – Nepal Press

काठमाडौंमा खानेपानी वितरणको तालिका फेरियो (तालिकासहित)

काठमाडौं । मेलम्चीको पानी झण्डै २ महिना उपलब्ध नहुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गर्ने तालिका परिवर्तन गरेको छ ।

मेलम्चीको पानी असार १ गते देखि काठमाडौंमा नआउने भएपछि काठमाडौं उपत्यकामा केयुकेएलले ७ देखि १२ दिन विराएर पानी वितरण गर्न लागेको हो ।

यो समयमा खानेपानीको अभाव हुन नदिन केयुकेएलले उपत्यका भित्र भएका पानीको स्रोतहरुबाट उपलब्ध हुने खानेपानी ठाउँ हेरेर ७ देखि १२ दिन विराएर वितरण गरिने केयुकेएलले जनाएको छ ।

महाँकालचौर, मिनभवन, अनामनगर, बाँसबारी, पानीपोखरी, बालाजु, कीर्तिपुर, ललितपुर, ठिमी बोडे, भक्तपुर लगायतका१० वटा पानी पोखरीबाट ७ देखि १२दिन विराएर पानी वितरण हुनेछ । यस्तै कीर्तिपुरको पानी ट्याङकीबाट भने २ दिन विराएर पानी वितरण हुनेछ ।
मेलम्चीको पानी वितरण गर्ने जिम्मा केयुकेएलले पाएको थियो ।

यसअघि मेलम्ची आउनु अघि केयुकेएलले उपत्यका भित्रकै विभिन्न स्रोतहरुबाट पानी वितरण गर्दै आइरहेको थियो । मेलम्ची आइसकेपछि केयुकेएलको पुरानो पाइपमा नै मेलम्चीको पानी वितरण भइरहेको थियो ।

गत वर्ष चैत १५ गतेदेखि दैनिक १७ करोड लिटर मेलम्चीको पानी काठमाडौंमा वितरण हुदै आएको थियो । सुरुङ परीक्षण गर्नुपर्ने भएकाले झण्डै दुई महिना काठमाडौंमा मेलम्चीको पानी नआउने भएको हो ।

केयुकेएलको पानीले नियमित वितरण गर्न नपुग्ने भएकाले ७ दिन विराएर पानी वितरण गर्न लागेको केयुकेएलले जनाएको छ । मेलम्चीको पानी नआउनजेलसम्मको लागि केयुकेएलले ७ दिन विराएर पानी वितरण गर्ने र मेलम्चीको पानी आएपछि पहिलेकै अवस्थामा वितरण गरिने केयुकेएलको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *