लुम्बिनी बजेटः सार्वजनिक यातायातमा कर छुट – Nepal Press

लुम्बिनी बजेटः सार्वजनिक यातायातमा कर छुट

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले सार्वजनिक यातायात व्यवसायीले तिर्नुपर्ने करमा छुटको व्यवस्था गरेको छ ।

सरकारले घोषणा गरेको लकडाउनको मारमा परेर नोक्सान बेहोर्नु परेको कुरालाई मध्यनजर गर्दै सार्वजनिक यातायात व्यवसायीले तिर्नुपर्ने वार्षिक करमा ३३ प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

त्यस्तै चालु आर्थिक वर्षमा बुझाउनुपर्ने सवारी साधन कर सवारी धनीले असार मसान्तसम्म नबुझाएमा ४० प्रतिशत सम्म जरिमाना बुझाउनुपर्ने व्यवस्थालाई पनि सरकारले परिवर्तन गरेको छ । लकडाउनलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७८र७९ को तीन महिनाभित्र कर तिरेमा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर