जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु – Nepal Press

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु

रुपन्देही । कपिलवस्तुको गोरुसिंगेमा स्कारपियो जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तिब्र गतिमा गुडिरहेको जिपको ठक्करबाट प्रहरी जवान रामबहादुर बिसीको मृत्यु भएको हो ।

गोरुसिंगेबाट पत्थरकोटतर्फ मोटरसाइकलमा जाँदै गरेका प्रहरी जवान बिसीलाई पत्थरकोटबाट गोरुसिंगेतर्फ आउंदै गरेको लु २ च १५१९ नं. को स्कारपियोले ठक्कर दिएको थियो ।

गोरुसिंगे पत्थरकोट सडकमा भएको उक्त दुर्घटनामा परि गम्भिर घाईते भएका बिसीलाई उपचारको लागि तौलिहवा अस्पताल लगिएकोमा अस्पताल नपुराउंदै निधन भइसकेको गोरुसिंगे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत बिसी अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं १२ का स्थायी बासिन्दा हुन् । उनि मंगलबार अर्घाखाँची घरतर्फ जांदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीले बिसीलाई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिई थप कारवाही प्रकृया अगाडि बढाएको जनाएको छ । बिसी सवार मोटरसाइकलको नम्बर भने खुलेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *