गतवर्ष भन्दा पौने दुई अर्ब बढी कर्णालीको बजेट, सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य – Nepal Press

गतवर्ष भन्दा पौने दुई अर्ब बढी कर्णालीको बजेट, सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मंगलबार सदनमा प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब ८० हरोड ६६ लाख ३६ हजारले बढि हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ७४ करोड बजेट ल्याएको थियो ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा पूँजिगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रहेको छ ।

‘२०७७÷०७८ मा कोरोन महामारीको कारण विकास निर्माण प्रभावित भएका छन् । रोजगारी गुमेको अवस्था छ । चालु आर्थिक वर्षमा कर्णालीको तीन दशमलव ७७ प्रतिशत आर्थिक वृद्धि भएको छ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धि तीन दशमलव पाँच प्रतिशत हुने अपेक्षा गरेका छौं ।’

मन्त्री शर्माले भने, ‘मुलुकको कुल गार्हस्थ उत्पादनमध्ये कर्णाली प्रदेशको योगदान कुल चार दशमलव तीन प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको छु ।’ उनले चालु आर्थिक वर्षमा कोभिडका कारण राजश्व संकलन र पूँजीगत खर्चमा असर पुगेको बताएका छन् ।

‘यस आर्थिक वर्षको विनियोजनको तुलनामा संशोधित विनियोजन ४६.०४ प्रतिशत अर्थात रु पन्ध्र अर्ब ९३ करोड ६७ लाख १९ हजार हुने अनुमान गरेको छु । संशोधित विनियोजनमा चालु खर्च ५१ प्रतिशत र पुंजीगत खर्च ४९ प्रतिशत रहने अनुमान छ ।’

उनले चालु आर्थिक वर्षमा प्रदेशमा वार्षिक राजश्व संकलनको लक्ष्य तीस करोड ६ लाख ५३ हजार रहेकोमा राजश्व संकलनमा भएको क्रियाशीलता र सक्रियताले लक्ष्यभन्दा पचास करोड पुग्ने संशोधित अनुमान गरेको छु ।’ उनले भने, ‘मानव विकास सुचकांकमा शून्य प्रतिशत ४२७ मा रहेको छ । कर्णालीको प्रतिव्यक्ति आय ६०६ डलर रहेको छ ।’ कर्णालीमा २८ प्रतिशत जनता निरपेक्ष गरिवीको रेखामा रहेको उनको भनाई छ ।

मन्त्री शर्माले आगामी आर्थिक वर्षमा कोभिड असर नभएको खण्डमा सात प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर