बाढी-पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुनी वर्षाका कारण देशका विभिन्न क्षति पुगेको अवस्थामा तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज विहान सामाजिक सन्चालमाफर्त उनले भनेका छन्, ‘केहि दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्न र उनीहरुलाई आवश्यक राहत प्याकेजको घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन् ।
सरकारलाई तत्काल विपदमा परेका जनतालाई #उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवस्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु। 2/2
— Sher Bahadur Deuba (@SherBDeuba) June 16, 2021