चीनबाट ल्याइने खोपको मात्रा र मूल्यबारे निधो भएको छैन : स्वास्थ्य मन्त्रालय – Nepal Press

चीनबाट ल्याइने खोपको मात्रा र मूल्यबारे निधो भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गर्न लागिएको खोपको परिमाण, मूल्य र आपूर्ति हुने समयबारे निश्चित नभएको जनाएको छ ।

मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै चीनको साइनोफार्मबाट खरिद गर्न लागिएको भनिएको मिडिया विवरणलाई गलत रहेको उल्लेख गरेको हो ।

‘चीनसहित विभिन्न मुलुकबाट खोप खरिद गर्ने प्रक्रिया अघि बढिरहेको छ’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘तर, खोपको मात्रा, मूल्य र आउने समय र अन्य विवरण पूर्णतः गलत छ ।’

बुधबार कोभिड संकट व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकपछि बालुवाटारबाट जारी वक्तव्यमा चीनबाट ४० लाख डोज साइनोफार्म खोप ल्याउने प्रक्रिया अघि बढेको जनाइएको थियो ।

बुधबार नेपाल प्रेससँग कुरा गर्दै मन्त्रालयका बरिष्ठ चिकित्सक डा. रोशन पोखरेलले पनि साइनोफार्मबाट नन-डिस्क्लोज एग्रिमेन्टअनुसार खोप खरिद प्रक्रियाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर