डेनमार्क र आयरल्यान्डले नेपाललाई प्रदान गरे स्वास्थ्य सहायता
नेपाल प्रेस
२०७८ असार ४ गते १३:३५
काठमाडौं । डेनमार्क र आयरल्यान्डले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता प्रदान गरेका छन् ।
युरोपको नागरिक सुरक्षा संयन्त्रअन्तर्गत प्रदान गरिएका ती सामग्री काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युरोपेली युनियनकी राजदूत नोना डेप्रेजले ती सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरिन् ।
डेनमार्कले २६ थान भेन्टिलेटर तथा आयरल्यान्डले ७२ थान अक्सिजन कन्सनट्रेटर, ४४ थान भेन्टिलेटर प्रदान गरेको छ ।
प्रतिक्रिया