बाढीपहिरो पीडितलाई स्मार्टको सय रुपैयाँ ब्यालेन्स – Nepal Press

बाढीपहिरो पीडितलाई स्मार्टको सय रुपैयाँ ब्यालेन्स

काठमाडौं । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई एक सय रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराएको हो ।

उपलब्ध गराइएको ब्यालेन्स ग्राहकलाई यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ । उक्त ब्यालेन्स रकमबाट स्मार्ट नेटवर्कभित्र कल गर्न तथा डाटा चलाउने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो ब्यालेन्स ७ दिनसम्म मान्य रहनेछ । यस विषयमा थप जानकारीकालागि स्मार्ट ग्राहकले १४२४२ अथवा ९६११००४२४२ मा सम्पर्क गर्नसक्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *