नदी थुनिएपछि तामाकोशी आसपासमा सतर्क रहन प्रशासनको आग्रह – Nepal Press

नदी थुनिएपछि तामाकोशी आसपासमा सतर्क रहन प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाल-चीन सीमाको टिङ्ग्री काउन्टीस्थित रोङ्जिया सहर र त्यस आसपासमा भारी वर्षापछि पहिरो जाँदा नदी थुनिएकाले सम्भावित बाढी आउन सक्ने खतरा भएकाले सतर्कता अपनाउन भनेको प्रशासनले भनेको हो ।

शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासनले तामाकोशीमा पानीको बहाव बढेर आउन सक्ने भएकाले सुरक्षित स्थानतर्फ जान अनुरोध समेत गरेको छ ।

खतराको संकेत प्राप्त हुनासाथ स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न समेत भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *