थुनिएको रोङ्सी खुलाउन चीनियाँ टोली सक्रिय, तामाकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह – Nepal Press

थुनिएको रोङ्सी खुलाउन चीनियाँ टोली सक्रिय, तामाकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । शुक्रबार साँझदेखि त्रासमा बाँचिरहेका तामाकोशी तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा रहन सूचना जारी भइरहेका बेला थुनिएको नदी खुलाउन चीनियाँ टोली परिचालन भएको छ ।

पहिरोले थुनिएको तामाकोशी नदीको सहायक खोला रोङ्सी खोलाको बहाव सुचारु गर्न चीनियाँ टोली परिचालन भएको हो । शुक्रबार रातिदेखि चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो गएपछि रोङ्सी खोला थुनिएको छ ।

पहिरोले खोला थुनिएपछि ताल बनेका कारण सो पानी एकपटक फुटेर तामाकोशीमा मिसिदा तटीय क्षेत्रमा बाढीको त्रास छ । शनिबार बिहानदेखि चीनियाँ पक्षले खोला खुलाउन पहल गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

नेपालतिरबाट खोला थुनिएको ठाउँमा जान सम्भव नभएकाले चीनको टोली परिचालन भएको हो । कुनै पनि बेला थुनिएको खोला फुट्ने खतरा भएका कारण माथिल्लो तामाकोशी जलवद्यिुत आयोजनाको ड्यामबाट पानी छाडिएको छ ।

अहिले पनि तामाकोशी तटीय क्षेत्रका दोलखा र रामेछापका बस्तिहरुमा सतर्कता अपनाउन सरकारले आगह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *