गण्डकीमा जसपालाई अर्थ मन्त्रालय, दुवै सांसद मन्त्री बन्ने सहमति – Nepal Press

गण्डकीमा जसपालाई अर्थ मन्त्रालय, दुवै सांसद मन्त्री बन्ने सहमति

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जनता समाजवादी पार्टीका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका छन् ।

पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुअघि नै जसपासँग गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख छ ।

गण्डकी प्रदेशमा रहेका जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् भने धनमाया पोखरेल लामा मन्त्री बन्न बाँकी छ ।

मुख्यमन्त्री पोखरेलले जसपासँग गरेको ४ बुँदे सहमतिमा सबै दलबाट २–२ जना सदस्य रहनेगरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, प्रदेशसभामा रहेको डबल थ्रेस होल्डको प्रावधान हटाउने र राजनीतिक नियुक्तिहरुमा गठबन्धनको भावना सम्बोधन गर्ने उल्लेख छ ।

सो लिखित सहमति गत असार ४ गते शुक्रबार भएको थियो । सोहीदिन मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा विश्वासको मत हासिल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर