काठमाडौंमा ट्याक्सी पनि चल्न पाउने
नेपाल प्रेस
२०७८ असार ६ गते १७:५९
काठमाडौं । काठमाडौं उपत्यकामा अब जोर बिजोरअनुसार ट्याक्सी पनि चल्न पाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन सीडीओहरुको आइतबार बसेको बैठकले ८ गतेदेखि लागु हुने गरि यस्तो निर्णय गरेका हुन् ।
निजी सवारी साधन जोर बिजोर अनुसार चल्न पाउने भएका छन् । सार्वजनिक सवारी साधनलाई चाहिँ कोरोनाभाइरस संक्रमण ५ प्रतिशतमा झरेपछि संचालन अनुमति दिइने भएको छ ।
असार १४ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ । तीनै जिल्ला प्रशासनले खुकुलो तुल्याउँदै निषेधाज्ञा थप गरेका हुन् ।
प्रतिक्रिया