काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतको विरोध गर्दै पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसअघि विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादीनिकट अखिल क्रान्तिकारी, एमालेको माधव नेपाल पक्षधर अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी संगठन र जनमोर्चानिकट खलि छैठौंले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले संसद पुनःस्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।