बाढीको जोखिम भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह
काठमाडौं । नेपालका विभिन्न स्थानमा निरन्तर वर्षा भएसँगै बाढीको जोखिम पनि बढ्दो छ ।
खोला तथा नदीमा बहाब बढेसँगै तटीय क्षेत्रहरूमा बसोबास गर्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो ३ घण्टामा नवलपुरस्थित अरूण बतासा वर्षामापन केन्द्रमा भारी वर्षामापन भएकाले अरूणखोला लगायतका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जनाइएको छ ।
त्यसैगरी इलामस्थित बरफल्याङ्ग वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएकाले विरिङ्ग खोला लगायतका तटीय क्षेत्रहरूमा दिउँसो सम्मै सतर्कता अपनाउन महाशाले निर्देशन दिएको छ ।
कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहायक नदीमा पनि वर्षाका कारण आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान समेत महाशाखाले गरेको छ ।