जम्मु कस्मिरमा चाँडै चुनाब गराउने मोदीको प्रतिबद्धता, क्षेत्रीय नेताहरुलाई भेटेर तुल्याए आश्वस्त – Nepal Press

जम्मु कस्मिरमा चाँडै चुनाब गराउने मोदीको प्रतिबद्धता, क्षेत्रीय नेताहरुलाई भेटेर तुल्याए आश्वस्त

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेतृत्वको सरकारले चाँडै जम्मु र कस्मिर राज्यमा चुनावको तयारी गरेको बताएका छन् ।

बिहीबार उक्त क्षेत्रका स्थानीय नेताहरुसँग दिल्लीमा भेटवार्ता गर्दै प्रधानमन्त्री मोदीले राज्यको सीमाको पुनर्रखांकन गरि विधान सभाको सिट तय गरिने जनाए ।

सन् २०१९ मा जम्मु कस्मिरको विशेष राज्यको अधिकार खोसिएको विवादास्पद निर्णयपछि मोदीले क्षेत्रीय नेताहरुसँग पहिलोपटक भेटघाट गरेका हुन् ।

पछिल्लो समय दिल्ली र मुस्लिम बाहुल्य कास्मिर उपत्यकाका नेताहरुबीच सम्बन्ध सुखद छैन । कस्मिरको स्थानीय दलसँग सहकार्य तोडिएपछि सन् २०१८ मा मोदीले त्यहाँ प्रत्यक्ष शासन लागु गरेका थिए ।

कस्मिरका पूर्वमुख्यमन्त्री फारुख अब्दुल्ला, ओमार अब्दुल्ला, मेहबुबा मुफ्तीसहितका अन्य नेताहरु मोदीसँगको छलफलमा सहभागि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर