फास्टफुड-रेस्टुरेन्टलाई होम डेलिभरी र टेकअवेका लागि प्रशासनको अनुमति – Nepal Press

फास्टफुड-रेस्टुरेन्टलाई होम डेलिभरी र टेकअवेका लागि प्रशासनको अनुमति

काठमाडौं । फास्टफुट, होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, बैंकेटहरुको छाता संगठन फास्टफुड एसोसियसन नेपालले आफ्ना व्यवसाय सञ्चालन गर्नका लागि काठमाडौं उपत्यका जिल्ला प्रशासनका सीडीओ तथा साहयक सीडीओलाई ज्ञापन पत्र बुझाएका छन् ।

व्यवसायीले फास्टफुड रेस्टुरेन्ट, होम प्याकिङ डेलिभरी, टेकअवे र टेवल सर्भिसका जस्ता व्यवसायीक गतिविधि सञ्चालनका लागि आवश्यक वातावरण मिलाउन उनीहरुले आग्रह गरेका छन् ।

भौतिक दुरी तथा स्वास्थ्य मापदण्डको पालना गर्दै आफ्ना पेसा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीहरुले राखेका छन् ।
कोभिड- १९ को सतर्कताका लागि लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण यस क्षेत्रमा संलग्न मजदुर तथा व्यवसायीको रोजीरोटीको समस्या भएको व्यहोरा जिल्ला प्रशासन कार्यालयलाई गराइएको एसोसियसनका केन्द्रीय सदश्य राकेश श्रेष्ठले बताए ।

फास्टफुट रेष्टुरेन्ट व्यवसायीहरुले मुख्य दुई वटामा राखेको उनको भनाई छ । ‘फास्टफुट तथा रेष्टुरेन्ट व्यवसायीले होम डेलिभरी, टेकअवे प्याकिङ जस्ता गतिविधि सञ्चालन गर्न र होटल तथा रेष्टुरेन्टको क्षमताको २० प्रतिशत कामय हुने गरी टेवल सर्भिस सञ्चालन गर्न पाउनु पर्ने माग राखेका छौं’, उनले भने ।

जिल्ला प्रशासन कार्यालयहरुले फास्टफुट रेष्टुरेन्ट व्यवसायीहरुलाई होम डेलिभरी, टेकअवे र प्याकिङका अनुमति दिएपनि टेवल सर्भिसका लागि भने तत्काल अनुमति नदिएको श्रेष्ठले बताए ।

फास्टफुड एसोसियसन नेपालका तर्फवाट अध्यक्ष केशर बहादुर श्रेष्ठ ,उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव होमराज श्रेष्ठ ,पुर्ब महासचिव राजनारायण श्रेष्ठ, केन्द्रिय सदस्य राकेश श्रेष्ठ सहित को टोलीले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी ज्ञापनपत्र बुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर