परीक्षा बोर्डले थप्यो ११/१२ को रजिष्ट्रेशन र परीक्षा आवेदन बुझाउने म्याद – Nepal Press

परीक्षा बोर्डले थप्यो ११/१२ को रजिष्ट्रेशन र परीक्षा आवेदन बुझाउने म्याद

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ ।

यसअघि चैत्र समान्तसम्म बोर्डका सम्बन्धित कार्यालयहरूमा रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने सूचना जारी गरिएको थियो ।

उक्त समयमा बुझाउन वा भर्न छुटेका विद्यालय तथा विद्यार्थीहरूका लागि आगामी असार २० गतेभि दोब्बर दस्तुरसहित बुझाउनका निम्ति बोर्डले सूचित गरेको छ ।

दोब्बर दस्तुरमा रजिष्ट्रेशनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय तिर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *