नवलुरको हुप्सेकोटमा ५२ करोडको बजेट, कुन विषयमा कति ? – Nepal Press

नवलुरको हुप्सेकोटमा ५२ करोडको बजेट, कुन विषयमा कति ?

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९का लागि ५२ करोडको बजेट सार्वजनिक गरेकझ छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप प्रतिलिटर ५ रुपैयाँ थप गरी भुक्तानी गरिनेछ । यसका लागि ३ लाख विनियोजन गरिएको छ भने कृषकलाई पेन्सन तथा बीउ उपलब्ध गराउँदै व्यावसायिक तरकारी खेती र पशुपालनलाई थप प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

नागरिकको खानेपानीको महसुलको भुक्तानी गाउँपालिकाले गरिदिने नीति अगाडि बढाएको छ । जसका लागि २५ लाख रकम छुट्याइएको छ । गाउँपालिकाले मुख्य मुख्य चोकमा फ्री वाइफाई जोनको योजना अघि बढाएको छ । पालिकाको नीति तथा कार्यक्रम एवम् बजेटले एकल महिलाको जीवनस्तर उकास्न महिलासँग स्थानीय सरकारर कार्यक्रमलाई अगाडि बढाउने गरी ११ लाख बजेट छुट्याएको छ ।

तलबमा मासिक ५ सय कट्टी गर्ने र पालिकाले सोही बराबरको रकम कोषमा राख्ने गरी अस्थायी शिक्षक कर्मचारी राहत कोष स्थापनाको उदेश्य लिएको छ, जसका लागि १५ लाख छुट्याइएको छ ।

‘मेरो छोरीको सुनौलो भविष्य’ कार्यक्रम अन्तर्गत छोरीको जन्मदर्ता पश्चात् नगद ५ हजार नागरिकता बनेपछी मात्र निकाल्न मिल्ने गरी पालिकाले जम्मा गर्दिने नीति गाउँपालिकाले अंगालेको छ,जसका लागि ६ लाख २० हजार बजेट विनियोजन गरिएको छ ।

विपत्मा‌ परेका नागरिकलाई उद्वारका लागि हेलिप्याड स्थापना गर्न १५ लाख बजेट,  हुप्सेकोटलाई बालमैत्री गाउँपालिका घोषणा गर्न २० लाख, खुला ब्यायामशाला र युवाहरूका लागि कभर्ड हल निर्माण गर्न लगायतका लागि बजेट बिनियोजन गरेको छ ।

त्यस्तै संघीय सरकारको समपुरक अनुदानमा रुद्रपुरगढि पर्यटन प्रबर्द्धन ,संघीय सरकारकै विशेष अनुदानमा अत्याधुनिक कोल्ड स्टोर निर्माण र प्रदेश सरकारको समपुरक अनुदानमा पहाडी दुई वडामा बर्थिङ सेन्टर निर्माण र प्रदेश सरकारकै विशेष अनुदानमा ल्याण्ड फिल्ड साईड निर्माण गरिने गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

उज्यालो हुप्सेकोट,हुप्सेकोट चक्रपथ जस्ता पालिका स्तरिय गौरबको आयोजनालाई निरन्तरता दिईने गरि बजेट बिनियोजन गरिएको मल्लले बताईन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर