गाउँपालिका अध्यक्षले छाडे माओवादी,एमाले प्रवेश गरे लगत्तै बने जिल्ला सचिव – Nepal Press

गाउँपालिका अध्यक्षले छाडे माओवादी,एमाले प्रवेश गरे लगत्तै बने जिल्ला सचिव

वीरगञ्ज  । पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता नेकपा माओवादी (केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षको पदावधि एक वर्ष बाँकी रहदा गुप्ताले आफू निर्वाचित दल परित्याग गरेका हुन् ।

प्रभावशाली युवा नेता गुप्तालाई एमालेले पर्सा जिल्ला कमिटी सचिव मनोनित गरेको छ । एमाले प्रदेश अध्यक्ष तथा निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहसँगको छलफलपछि गुप्ता एमाले प्रवेश गरेका हुन् ।

साह पनि माओदी परित्याग गरि एमाले बनेकी थिइन् । उनी नेकपा विभाजनपछि एमालेतर्फ लागेपछि बाराबाट निर्वाचित उनको प्रदेश सभा सदस्य पद खारेज भएको थियो ।

प्रदेश २ का चारजना प्रदेश सभा सदस्य र १४ जना भन्दा बढी स्थानीय तहका निर्वाचित जनप्रतिनिधि नेकपा खारेज भएपछि माअ‍ोवादीतर्फ नलागी एमालेमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर