ज्वाला साहले सार्वजनिक गरिन् एमाले प्रदेश २ का जिल्ला अध्यक्ष र सचिवको नामावली (सूचीसहित) – Nepal Press

ज्वाला साहले सार्वजनिक गरिन् एमाले प्रदेश २ का जिल्ला अध्यक्ष र सचिवको नामावली (सूचीसहित)

जनकपुरधाम । नेकपा एमाले प्रदेश २ कमिटीले पाँच जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको छ । जेठ ३० गते मनोनयन गरेको निर्णय १० दिनपछि प्रदेश अध्यक्ष ज्वाला कुमारी साहले सार्वजनिक गरेकी हुन् ।

अध्यक्ष साहले जारी गरेको सूचना अनुसार सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी र सचिवमा देवनाथ यादव मनोनित भएका छन् । चौधरी एमालेका पूर्व साँसद हुन् भने यादव पूर्व माओवादी नेता हुन् ।

यस्तै सिरहाको अध्यक्ष चन्देश्वर मण्डल र सचिव नविन यादवलाई बनाएको छ । मण्डल लामो समयदेखि एमालेमै योगदान गरेका छन् । उनी तत्कालिन सिलोर्बा पछवारी गाविसमा अध्यक्षमा निर्वाचित भएका थिए । सचिव बनेका यादव भने शहिद हेमनारायण यादवका छोरा हुन् ।उनी सिरहा नगरपालिकाको मेयरमा झिनो मतले पराजित भएका थिए ।

धनुषाको अध्यक्षमा राजकिशोर यादव र सचिवमा तेजनारायण यादवलाई मनोनित गरिएको छ । तेजनारायण यादव पूर्व माओवादीका नेता हुन् । महोत्तरीको अध्यक्ष टेकबहादुर बलम्पाकी र सचिव सौखिलाल यादव भएका छन् ।

अध्यक्ष बलम्पाकी पूर्व माओवादी समूहका नेता हुन् । उनी साबिक नेकपामा पनि माओवादीतर्फबाट केन्द्रीय सदस्य थिए । यादव एमालेको कार्यवाहक जिल्ला अध्यक्ष थिए ।

यस्तै पर्साको अध्यक्ष प्रभु हजरा र सचिव मनोज गुप्तालाई बनाएको छ । छिपहरमाई गाउँपालिकाको अध्यक्ष रहेका गुप्ता माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेपछि सचिव बनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर