प्रचण्डको प्रश्न : राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भन्ने हु इज केपी ओली ? – Nepal Press

प्रचण्डको प्रश्न : राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भन्ने हु इज केपी ओली ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको आरोप लगाएका छन् ।

विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरुसँग अन्तरक्रियामा भाग लिँदै प्रचण्डले राजाको विरोध गरेर आएकाहरु राष्ट्रपतिको कमजोरीमा बोल्न किन नपाउने भन्दै आक्रोश व्यक्त गरे ।

प्रचण्डले भने : राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो । त्यसको विरोध गर्न किन नपाउने ? राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ?’
प्रधानमन्त्री अ‍ोलीले विपक्षी राष्ट्रपतिलाई मनपरी भन्न अहिले विपक्षी गठबन्धनमा प्रतिस्पर्धा चलिरहेको बताएका थिए ।

केपी ओली लोकतन्त्र र गणतन्त्रको विरोधी रहेको भन्दै विदेशीको आडमा ओलीले निरकुंश शासन चलाउन खोजेको आरोप उनले लगाए । उनले विदेशीका सामू हेपिन तयार नरहेको समेत बताए ।

प्रचण्डले भने– संविधान बनाउने बेला कति तनाव थियो, कति दवाव थियो । नेपाली मिलेरै बनाइयो । चुनाव नगराउन नि दवाव थियो । गरायौँ । अहिले पनि नेपालको निर्णय नेपालीले गर्ने हो । हामी हेपिन तयार छैनौ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर