सहमति कार्यान्वयन नगरेकोमा सरकारसँग विप्लव नेकपाको गुनासो – Nepal Press

सहमति कार्यान्वयन नगरेकोमा सरकारसँग विप्लव नेकपाको गुनासो

काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपुर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।

गत फागुन २१ गते सरकारसँग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गईरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीतापुर्वक कार्यान्वयन नगरेको बताएका हुन् ।

उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी भएको दाबी गरे । ३ बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्ने काममा पनि ढिलासुस्ति भएको गुनासो उनले बताए ।

नेत्र बिक्रम चन्द  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाण्डौले आईतबार संघीय राजधानी काठमाडौंमा गरेको रक्तदान कार्यक्रममा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले राज्य आफुले गरेको सहमति प्रति उत्तरदायी भई कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गरे ।

उनले भने,‘राष्ट्रिय राजनीतिमा निरासा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति राजनितिक व्यवस्थाप्रति अहिले मानिसहरु सन्तुष्ट छैनन् । तर दुर्रभाग्य हाम्रा ३ बुँदे सहमति , सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते, धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन । हाम्रो प्रतिवद्धताप्रति हाम्रो पार्टी इमान्दार छ । कार्यान्वयनको दिशामा हाम्रो पार्टी गईरहेकै छ तर राज्यले आफ्नो भूमिकालाई जसरी इमान्दारीतापूर्वक कार्यान्वयन गर्नुपथ्र्यो, ३ बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएको अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी छन् । यो पाटोमा राज्यले आफुलाई समयमा नै इमान्दारीता पूर्वक उभ्याओस् ।’

नेकपा काठमाडौं जिल्ला कमिटीले आईतबार गरेको रक्तदान कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर