एमालेका प्रमुख सचेतक भन्छन् : बेदुराम दल त्याग्न सक्छन्, तर सांसद पद रहँदैन – Nepal Press

एमालेका प्रमुख सचेतक भन्छन् : बेदुराम दल त्याग्न सक्छन्, तर सांसद पद रहँदैन

काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा प्रमुख सचेतक खिमलाल भट्टराईले पार्टी परित्याग गरेपछि बेदुराम भुसालको सांसद पद कायम नरहने बताएका छन् । भुसालले अदालतको फैसलाबाट आफू दलविहिन बनेको भन्दै आइन्दा स्वतन्त्र सांसदका रुपमा व्यवहार गर्न संसद सचिवालयमा पत्र पठाएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बेदुराम भुसालबाट पार्टी र आन्दोलनमाथि गद्दारी भएको टिप्पणी गरेका छन् ।

उनी लेख्छन्, ‘राष्ट्रिय सभा सदस्य बेदुराम भूसालले आफु स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिदै आएको लेवी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन् । यो पत्रसॅगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भई रहन सम्भव हुँदैन ।’

दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको उनले उल्लेख गरेका छन् ।

‘त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुन सक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन । सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्छ रु यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ । कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफुलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ । अब वहाँ के भन्नु हुन्छ रु वहाँ के स्वतंत्र सांसदको नेता हुनुहुन्छ त ?’ उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर