सांसदलाई मोबाइल नचलाउन सभामुखको रुलिङ – Nepal Press

सांसदलाई मोबाइल नचलाउन सभामुखको रुलिङ

कैलाली । सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन आग्रह गरेका छन् ।

सोमबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थालो मोबाइल नचलाउन रुलिङ गरेका थिए ।

आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल चलाइरहेको र केही सांसद निदाएको तस्बिरहरू बाहिर आएपछि आठौं अधिवेशनको १९औँ बैठक सभा बैठकमा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गरेका हुन् । ‘माननीय सदस्यहरुलाई मोबाइल नचलाउन हुन म अनुरोध गर्दछु,’ सभामुख थापाले भनेका थिए ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोडको बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमाथि प्रदेश सभामा छलफल सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर