एक सय २० ग्राम सुनसहित कैलालीमा तीनजना पक्राउ – Nepal Press

एक सय २० ग्राम सुनसहित कैलालीमा तीनजना पक्राउ

कैलाली । कैलालीमा १२० ग्राम सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र २० वर्षीय महेश सार्की रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरिया बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो ।

धनगढीबाट जाँदै गरेका उनीहरूको साथबाट बिलबिनाको सुन भेटिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *