एकसाताको संक्रमण परिस्थिती हेरेर माइक्रो र टेम्पु संचालनबारे निर्णय हुने
नेपाल प्रेस
२०७८ असार १४ गते १२:४२
काठमाडौं । माइक्रो र टेम्पुजस्ता साना क्षमताका सार्वजनिक सवारी साधन तत्काल संचालन हुन नपाउने भएका छन् ।
साना सार्वजनिक सवारी साधनमा भौतिक दूरी कायम गर्न मुस्किल हुने र संक्रमणको जोखिम बढ्ने भन्दै उपत्यकास्थित तीनै जिल्लाका सीडीओहरुले उक्त निर्णय गरेका हुन् ।
एकसाताको भाइरस संक्रमणको परिस्थिती हेरेर टेम्पु र माइक्रो संचालनबारे निर्णय गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
सोमबार बसेको तीनै सीडीओहरुको बैठकले मंगलबारदेखि लागु हुने गरी २५ भन्दा बढी सिट क्षमताका सार्वजनिक सवारी साधनलाई जोर–विजोरको आधारमा संचालन अनुमति दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर