प्रदेश-२ को नीति तथा योजना आयोगमा महतो र सिंह नियुक्त
नेपाल प्रेस
२०७८ असार १८ गते १९:१०
जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिला सहित दुई सदस्य नियुक्त गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंहलाई आज आयोगको सदस्यमा नियुक्त गरिएको हो । नवनियुक्त दुबै जनालाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त पत्र हस्तान्तरण गरेका छन् ।
आयोगको उपाध्यक्षमा डा. भागेन्द्र झालाई नियूक्त गरिएपनि सदस्य विहिन थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर