सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन – Nepal Press

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । ७० वर्षीय बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिवार राति निधन भएको हो ।

गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवका अनुसार अध्यक्ष बर्मा लामो समयदेखि क्षयरोगबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि उनी ६ दिन अगाडि काठमाडौं पुगेर अस्पताल भर्ना भएका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका थिए । उनको शव गाउँमै ल्याएर हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *