कांग्रेस नेता शाहीले फिर्ता गरे मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ सरकारी प्राडो – Nepal Press
नेपाल प्रेस समाचार प्रभाव

कांग्रेस नेता शाहीले फिर्ता गरे मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ सरकारी प्राडो

सुर्खेत । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट ‘उपहारस्वरुप पाएको सरकारी प्राडो’ फिर्ता गरेका छन् । सरकारी गाडीमा रातो नम्बर प्लेट राखी मुख्यमन्त्री शाहीले कांग्रेस नेता शाहीलाई ‘गाडी उपहार’ दिएका थिए ।

नेता शाहीले फिर्ता गरेको गाडी सर्भिसिङका लागि काठमाडौं लगिएको छ ।

मुख्यमन्त्री शाही विगतमा शेरबहादुर देउवा नेतृत्वको संघीय सरकारमा उर्जामन्त्री बनेका थिए । त्यसबेला उनले विद्युत प्राधिकरणको बा २ झ ५७९३ नम्बरको गाडी प्रयोग गरेका थिए । कर्णाली प्रदेशमा उनी मुख्यमन्त्री भएपछि हालसम्म सोही गाडी प्रयोग गर्दै आइरहेका थिए । तर कर्णालीमा कांग्रेससँग सत्ता सहकार्य भइसकेपछि सो गाडीको नम्बर प्लट नै बदलेर निजी गाडीको रुपमा कांग्रेस नेता जीवनबहादुर शाहीलाई दिएका थिए ।

मुख्यमन्त्री शाहीले उक्त गाडीमा रातो प्लेटमा बा २ च ५७९३ नम्बर लेख्न लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर