सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाटो खुल्यो – Nepal Press

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले मुद्दा परेको २ वर्ष पछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान बाटो खोलिदिएको छ । यसअघि इम्बोस्ड नम्बर प्लेट जडानको विषयमा सर्वोच्च अदालतमा मुद्दापरेपछि इम्बोस्ड नम्बर प्लेट जडान रोक लागेको थियो ।

२०७३ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच ५ वर्ष भित्र २५ लाख इम्बोस्ड नम्बर निर्माण गरि नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अदालतले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने बाटो खोलिदिएपछि २ वर्ष थप गर्ने लागेको जानकारी दिए ।

घिमिरेले भने,‘अदालतले इम्बोस्ड नम्बर प्लेट जडानमा रोक लगाएको समय मात्रै थप गर्न लागिएको हो । जिम्मा पाएको कम्पनीलाई रोक नलागेको भए समयमा नै जडान भइसक्ने थियो ।’

नयाँ जडान हुने इम्बोस्ड नम्बरमा नेपाली भाषा नराखी अंग्रेजी राखिएको भन्दै अदालतमा मुद्दा परेको थियो । २०७४ फागुन १० गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको अन्तरिम आदेशले नम्बर प्लेट जडान रोकिएको थियो ।

अहिलेसम्म १७ हजार इम्बोस्ड नम्बर जडान गरिसकेका छन् । दुइ पाङग्रे लागि २ हजार ६ सय, ३ पाङग्रे लागि २ हजार ९ सय, साना सवारी साधनका लागि ३ हजार २ सय र ठूला सवारी साधनका लागि ३ हजार ६ सय रुपैयाँ इम्बोस्ड नम्बर जडान गर्दा शुल्क लाग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर