नेपाल एयरलाइन्सले यसरी ल्याउँदैछ चीनबाट ४० लाख डोज खोप (तालिकासहित)
काठमाडौं । साउन पहिलो सातासम्म चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल आउने भएको छ । प्रधानमन्त्री परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार खोप ल्याउने अन्तिम तयारी भएको छ ।
सोहीअनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको सूचीअनुसार २३ जुलाई तारिखसम्म उडान तालिका तय गरिएको छ ।
चीनको सिनोफार्म कम्पनीसँग भएको सरकारको नन-डिस्क्लोजर अग्रिमेन्ट अनुसार खोप ल्याउन लागिएको जनाइएको छ । पहिलो खेप ल्याउन असार २४ गते वायुसेवा निगमको जहाज बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।
40 लाख vaccine China बाट ल्याइने flight schedule NAC ले सार्वजनिक गरेको छ । अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूहको निर्धारण र कार्य तालिका प्रकाशन गर्नेछ। थप खोप ल्याउने प्रयास पनि जारी छ । pic.twitter.com/GLgF0RMCAs
— Rajan Bhattarai (@Rajanktm) July 4, 2021