बुटवल उपमहानगरपालिकाका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु – Nepal Press

बुटवल उपमहानगरपालिकाका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

रूपन्देही । बुटवल उपमहानगरपालिका–१८ का वडाध्यक्षको कोभिड–१९ का कारण निधन भएको छ । ७२ वर्षीय वडाध्यक्ष हुमनाथ आचार्यको उपचारका क्रममा काठमाडौंमा आज बिहान ८ बजे निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

कोरोना संक्रमण देखा परेपछि बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौं लगेको प्रवक्ता रेग्मीले बताए ।

‘वडाध्यक्ष आचार्यको उमेरको अवस्थालाई मध्यनजर गर्दै परिवारले ७र८ दिनअघि थप उपचारका लागि काठमाडौँ लगनु भएको थियो ।’ प्रवक्ता शर्माले भने ‘ अस्ति उहाँको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी आएको थियो तर आज विहान उहाँको निधन भयो ।’

वडाध्यक्ष शर्माले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको प्रवक्ता रेग्मीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *