ठमेलको होटेलभित्र चिनियाँ गिरोहकाे धन्दा: वन्यजन्तु छाला तस्करीदेखि जुवातास सट्टेबाजीसम्म
काठमाडौं । दुर्लभ बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका -१७ ज्याठा गल्लीभित्रको चीनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चिनिया नागरिकहरुले दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजि खेलाईरहेको अबस्थामा चार जना चिनिया नागरीकलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
चीनको युनान प्रान्तका ३१ वर्षीय झाओ पेनुछेङ, हुबेइका ३४ वर्षीय मा जीङविन, हेनानका ३१ वर्षीय नुइ युलियाङ र गुआङडोङका २८ वर्षीय पेन हुइ पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका बिद्युतिय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाईनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान बरामद गरेको छ ।
साथै नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ७ थान, बाघको छाला जस्तो देखीने वस्तु १ थान, गाईको छाला जस्तो देखीने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखीने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ ।
यस्तै उनीहरुको साथबाट राहधानी २ थान, चिनका बिभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर पाना(लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखीने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको पनि प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंहले जानकारी दिए ।
पक्राउ परेका चिनिया नागरिकहरुको प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धान कार्य भईरहेको बताएको छ ।