दुबईमा विश्वकै गहिरो स्वीमिङ पुल संचालनमा, इन्डोर गेम्सदेखि रेष्टुरेन्टसम्म – Nepal Press

दुबईमा विश्वकै गहिरो स्वीमिङ पुल संचालनमा, इन्डोर गेम्सदेखि रेष्टुरेन्टसम्म

दुबई । पर्यटकका लागि संयुक्त अरब एमिरेट्सको दुबई सहर प्रमुख गन्तव्य हो । यो सहरमा यसैसाता ६० मिटर (१९६ फिट गहिरो) स्वीमिङ पुल संचालनमा आएको छ जुन संसारकै सबैभन्दा गहिरो पौडीपोखरी हो ।

पानीमुनीको सहरजस्तो देखिने स्टाइलमा निर्माण भएको उक्त पुल ६ वटा ओलम्पिकका पौडी पोखरी बराबर ठूलो छ । जसमा १.४ करोड लिटर पानी अटाउँछ ।

पुलभित्र खाली अपार्टमेन्ट, ग्यारेजसहित इन्डोर गेम्स सुविधा र ८० सिट क्षमताको रेष्टुरेन्ट पनि संचालनमा छ । निम्तो गरिएका पाहुनाले मात्र यो स्विमिङ पुलमा प्रवेश पाउँछन् ।

सर्वसाधारणको लागि भने जुलाई अन्त्यसम्म बुकिङ खुल्ने जनाइएको छ । डीप डाइव पुल खुलेपछि यसले पोल्यान्डमा रहेको १४७ फिट गहिरो डीपस्पटलाई पछि छाडिदिएको छ ।

 

View this post on Instagram

 

A post shared by Fazza (@faz3)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर