देउवा प्रधानमन्त्री भएको भोलिपल्टै विजय गच्छदार विशेष अदालतमा हाजिर
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका कांग्रेस उपसभापति विजय गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।
विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् ।
गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका थिए । देउवाले आफूले मिलाउने आश्वासन दिए पनि सत्तामा नरहेकाले गच्छदार अदालतको म्याद नबुझी बसिरहेका थिए । देउवा प्रधानमन्त्रीमा सपथग्रहण गरेलगत्तै गच्छदारले अदालतमा आत्मसमर्पण गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । उनलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा आज थुनछेकको बहस हुनेछ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको संयुक्त इजलासले बालुवाटार जग्गा प्रकरणमै मुछिएका गच्छदार भौतिक पूर्वाधार मन्त्री हुँदाका सचिव तथा पूर्वअख्तियार प्रमुख दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । दुवै न्यायाधीश रहेको संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरे बमोजिम उनी प्रधानमन्त्री भइसकेका छन् ।
Sarbochcha Aadalat le nai Deupa ji lai PM banayo,Aba Aadalat lai Abahelana gari lukdai hidne Vijaya dai lai bishes package bumper uphar swarup minaha garidela ni ki Kasi ho?
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजने मुख्य योजनाकार तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल, मन्त्रीहरु बाबुराम भट्टराई र विजय गच्छेदार र मुख्य व्यपारी मिन गुरुङहरु हुन । अब बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरण देउवा सरकारको निर्देशनमा अदालतले यि दोषीहरु सबैलाई उन्मुक्ति दिनेछ । यसको सुरुवात आजै बाट हुनेछ । गच्छेदारलाई अदालते उन्मुक्ती दिएर ।
जय होस देउवा सरकारको !!
यी दुई न्यायधिसहरू भ्रष्ट, पापिष्ट रहेछन्। यत्रा भ्रष्टाचारीलाई मिलेमतोमा उम्काउने। देउवाको पालामै यो सबै जग्गा राफसाफ पार्दिन्छन्। माधव नेपाल प्रम भएका वखतमा उनीसँग मिलेर बस्नेत, गच्छेदार, बस्न्यात सबैले भ्रष्टाचार गरेका हुन् भन्नेमा कुनै सन्देह छैन। विष्णु पौडेलले माधव नेपाललाई भनेर काम मिलाइदिए वापत दुई जना भूमाफियासँग ४-४ आना लिएको स्पष्ट छ।