भारतले बढायो कर्मचारीको तलब र पेन्सन, नेपाल आउने रेमिट्यान्स पनि बढ्न सक्ने – Nepal Press

भारतले बढायो कर्मचारीको तलब र पेन्सन, नेपाल आउने रेमिट्यान्स पनि बढ्न सक्ने

दिल्ली । भारतले बहालवाला सरकारीको तलब र अवकासप्राप्त कर्मचारीको पेन्सनमा १७ देखि २८ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।

बजार महंगी बढेसँगै कर्मचारीको तलब र पेन्सनमा वृद्धि गरिएको केन्द्र सरकारले जनाएको छ । जुलाई १ देखि यो नियम लागू हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

केन्द्रिय मन्त्री अनुराग ठाकुरका अनुसार डियरनेस अलाएन्स (डीए) नियममा संशोधन गर्दै तलब र पेन्सनमा वृद्धि गरिएको हो । डीए सरकारी कर्मचारीलाई दिइने तलब र पेन्सनको एक हिस्सा हो ।

सन् २०२० को जनवरीयता डीएमा वृद्धि गरिएको थिएन । सरकारको यो निर्णयसँगै भारतीय गोर्खा सैनिकको पेन्सनमा समेत वृद्धि भएको छ । यसले गर्दा नेपाल आउने रेमिट्यान्समा समेत वृद्धि हुने अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर