बालुवाटार जग्गा प्रकरण : विजय गच्छदार १० लाख धरौटीमा रिहा
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले नेपाल प्रेसलाई बताए ।
पटक-पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो । आज बिहान गच्छदार आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए ।
गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका थिए । देउवाले आफूले मिलाउने आश्वासन दिए पनि सत्तामा नरहेकाले गच्छदार अदालतको म्याद नबुझी बसिरहेका थिए । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै गच्छदारले आज अदालतमा आत्मसमर्पण गरेका थिए ।
अरूसबैलाई यसरी नै कारबाही गराउँनु पर्छ ।सजीलै उन्मुक्ती दीनु हुदैन र उमकाउनु हुदैन।समय आएपछी यी सबै मुद्दा हेरिने छन।केस मिलाएर उन्मुक्ती दिन कसैलाई अधिकार छैन।छाडे पछी घुस खाएर छाडेको हामी ठान्नेछौ। नेपाल नागरिक अभियान्ता ।