काम विशेषले काठमाडौं आउन प्रशासनको पास नचाहिने
नेपाल प्रेस
२०७८ असार ३१ गते १६:४६
काठमाडौं । काम विशेषले काठमाडौं उपत्यका आउन भोलिदेखि जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ ।
बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन सीडीओहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
तर, अत्यावश्यक बाहेकका कामलाई उपत्यका प्रवेश गर्न अहिले पनि प्रतिबन्ध कायमै छ । संक्रमण दर उल्लेख्य नघटेको निष्कर्ष निकाल्दै सीडीओहरुको बैठकले साविकका प्रावधानलाई कायमै राख्ने निर्णय गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर