बुलेटप्रुफ लुगा लगाएर स्वदेश फर्किइन् हाईटीका पूर्वराष्ट्रपतिकी श्रीमती – Nepal Press

बुलेटप्रुफ लुगा लगाएर स्वदेश फर्किइन् हाईटीका पूर्वराष्ट्रपतिकी श्रीमती

काठमाडौं । दुई साताअघि हत्या गरिएका हाईटीका राष्ट्रपति जोभेनेल मोइजकी श्रीमती स्वदेश फर्किएकी छन् । अज्ञात समूहले जुलाई ७ मा राष्ट्रपतिको घरमा घुसेर जोभेनेलको हत्या गरेका थिए ।

सोही हमलामा घाइते भएकी फर्स्ट लेडी मार्टिन मोइज फ्लोरिडामा उपचार गरेर फर्किएकी हुन् । हाइटीको विमानस्थलबाट बाहिर निस्किँदै गर्दा मार्टिनले बुलेटप्रुफ भेस्ट लगाएकी थिइन् ।

गोली हानेरपतिको हत्या भएको समयमा मार्टिन आफू पनि घाइते भएकी थिइन् । घाइते भए लगत्तै उनलाई उपचारका लागि अमेरिका लगिएको थियो ।

हाइटीका एक अधिकारीको ट्वीटअनुसार मार्टिन देश फर्किएसँगै उनका पतिको अर्को साता दाहसंस्कार हुने भएको छ ।

मार्टिनलाई हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउठ जोसेफले कडा सुरक्षासहित विमानमा स्वागत गरेका थिए । मार्टिनले उनका पतिले अन्त्यमा एक शब्द पनि बोल्न नपाएको र उनलाई गुमाउनुको पीडा कहिल्यै नभुल्ने बताउँदै ट्वीट गरेकी थिइन् ।

प्रहरीले राष्ट्रपतिको हत्याको अनुसन्धान गरिरहेको छ र हालसम्म २६ जना कोलम्बियन र दुई हाइटीयन–अमेरिकन नागरिकलाई पक्राउसमेत गरेको छ ।


प्रतिक्रिया

One thought on “बुलेटप्रुफ लुगा लगाएर स्वदेश फर्किइन् हाईटीका पूर्वराष्ट्रपतिकी श्रीमती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर