पूर्वगर्भनरसँग छलफल बाँकी छ, त्यसपछि मौद्रिक नीति ल्याउँछौं: राष्ट्र बैंक (भिडियो) – Nepal Press

पूर्वगर्भनरसँग छलफल बाँकी छ, त्यसपछि मौद्रिक नीति ल्याउँछौं: राष्ट्र बैंक (भिडियो)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ ।

आइतबार पत्रकारहरुसँग कुरा गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरु सँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन् ।

पूर्व गर्भनरहरुसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए । सुझाव संकलन गरीरहेको र आन्तरिक तयारी गरिरहेको उनले बताए । उनले भने,‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरु सँग सुझाव संकलन गर्ने काम बाँकी छ । र सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।’

सरकारले आर्थिक वर्ष २०७८÷०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *